अफगानिस्तानको काबुलबाट विमानको ल्याण्डिङ गियरमा लुकी एकजना किशोर लगभग 1 घण्टा 34 मिनटको लामो यात्रा तय गर्दै भारतको नयाँ दिल्ली सकुशल आइपुगेको घटनाले सबैलाई चकित तुल्याएको छ।
आखिर किन यसरी विमानको ल्याण्डिङ गियरमा लुकी काबुलबाट दिल्ली आए त... यी किशोर? यसरी हवाईजहाजको चक्कामा लुकेर काबुलबाट दिल्ली सुरक्षितसाथ आइपुग्नु सामन्य कुरा भने पक्कै होइन।
अफगानिस्तानको काबुलबाट उड़ान भरेको विमानको ल्याण्डिङ गियरमा लुकेर 13 वर्षीय किशोर आइतबार बिहान 10 बजेर 20 मिनट जाँदा भारतको इन्दिरा गाँधी अन्तराष्ट्रिय विमानस्थल, दिल्ली आइपुगेका थिए।
उनी काबुलको हमिद करजाइ अन्तरराष्ट्रिय हवाइअड्डाबाट गोपनीय तरिकाले काम एयरको फ्लाइट संख्या RQ4401 को ल्याण्डिङ गियरमा बिहान प्राय: 8.46 बजी प्रवेश गरेका थिए भने इन्दिरा गाँधी अन्तराष्ट्रिय विमानस्थल, दिल्ली आइपुग्दा बिहानको 10.20 बजेको थियो। दिल्ली विमानस्थल टर्मिनल 3 -को प्रतिबन्धित इलाकामा उक्त किशोर हिँड़िरहेको देखेपछि सुरक्षाकर्मीहरूले उनलाई समाते अनि केही घण्टा सोधपुछ गरेपछि उनी काबुलबाट दिल्ली कसरी र किन आइपुगे भन्ने कुराको खुलासा भएको थियो।
सोधपुछको क्रममा उक्त किशोरले आफू लुकेर ईरान जान चाहेको तर गल्तीले भारत आउने विमानमा बसिपठाएको सुरक्षाकर्मीहरूलाई बताए। केही घण्टाको सोधपुछपछि उनी नाबालक भएका कारण उनको परिचय नखुलाइकन उनीमाथि कुनै कानुनी कार्वाही नगरी सोही दिन उनलाई काबुल पठाइने काम गरियो।
एकजना किशोर यसरी विमानको ल्याण्डिङ गेयरमा लुकेर भारत आएको घटनाले काबुल विमानस्थलको सुरक्षामाथि ठूलो प्रश्न खड़ा भइदिएको छ।
विशेषज्ञहरूको भनाइ अनुसार, हवाईजहाजको ल्यान्डिङ गेयरमा यात्रा गर्नु लगभग असम्भव हो किनकि उचाइले गर्दा अक्सीजनको मात्रा एकदमै कम हुँदछ अनि ल्यान्डिङ गियर झर्दा यस्ता यात्रुहरू अचेत अवस्थामा बाहिर खस्ने र मृत्यु हुने सम्भावना प्रबल हुँदछ। तर पत्याउनै नसकिने र ठूलो जोखिमबिच उक्त किशोर कसरी दिल्ली आइपुगे त भन्ने प्रश्नले सबै आश्चर्यचकित बनेका छन्।


Leave a Comment